नदीमा बस खस्दा काश्मिरमा बाह्रको मृत्यु

श्रीनगर, भारत नियन्त्रित काश्मिर, २० असोज : भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । यस समाचारमा विस्तृत विवरण भने प्राप्त नभएको र यस दुर्घटनामा परी कति व्यक्ति घाइते भएका हुन सो प्रष्ट भएको छैन् ।

पहाडी बाटोमा बस धेरै तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । भारत विश्वको तुलनामा नै बढी सडक दुर्घटना हुने देशको सुचीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.