थाइल्याण्ड नरेशलाई एक हजार ६०० सुरक्षाकर्मी

बैङ्कक, १९ असोज : थाइल्याण्डका राजा र उहाँको परिवारका लागि झण्डै एक हजार ६०० सुरक्षाकर्मी खटाइएको छ ।

राजा महा भाजिरालोङकोर्न र उहाँको परिवारका लागि यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु खटाइएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

थाइल्याण्डको राजसंस्थालाई उच्च सम्मानकासाथ हेरिन्छ भने त्यही अनुसारको सुरक्षा व्यवस्था गरिएको छ । थाइल्याण्डका जनताले अति आदर गर्नेे तत्कालिन नरेश भूमिबोलको निधन भएपछि अहिले उहाँका छोरा राजा बन्नु भएको छ ।

स्वघोषित विषेश सेवा विभाग नवनियुक्त प्रमुख तोर्साक सुक्भीमोलले एएफपीलाई दिएको जानकारी अनुसार हालै मात्र ४०० सुरक्षाकर्मीहरु थपिएका छन् ।
थपिएका सुरक्षाकर्मीहरु अपराध नियन्त्रण विभागबाट ल्याइएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई शाही परिवारको सुरक्षा र संस्कारका बारेमा पनि प्रशिक्षित गरिएको छ ।

“अहिले थपिएका सहित गरेर कुल सुरक्षाकर्मीहरुको संख्या एक हजार ६१७ पुगेको छ” तोर्साकले भन्नुभयो । उनीहरुले करिब पाँच बर्ष त्यहाँ सेवा गर्ने बताइएको छ ।
शाही सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई दश उप विभागमा विभाजन गरेर जिम्मेबारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.