टर्कीमा सात सुरक्षाकर्मी मारिए

अङकरा, १८ असोज : टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आतङककारीहरुको हमलामा परी सात जना सुरक्षाकर्मी मारिएका छन् ।

बट्मान प्रदेशमा बिहीबार भएको घटनामा परी अरु दुई जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुर्दिस्टन वर्कर्स पार्टी (पिकेके)का सदस्यहरुले सडकमा बम पड्काएर उनीहरुको मृत्यु भएको बताइएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सुरक्षाकर्मीहरु चढेको सवारी साधनलाई लक्षित गरी उनीहरुले विस्फोटन गराएका थिए ।

घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीहरुको खोजी तीव्र पारेका छन् । पिकेकेलाई टर्की, अमेरिका र युरोपेली संघले आतङ्ककारी संगठनको सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.