प्रबिधि चोरेको भन्ने अमेरिकी दावीको चीनद्वारा खण्डन

न्यूयोर्क, अमेरिका, १२ असोज : प्रबिधि चोरेको भन्ने अमेरिकी दावीको चीनले खण्डन गरेको छ ।

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी कम्पनीबाट प्रबिधि चोरिरहेको भन्ने दावीको अस्वीकार गर्नुभयो ।

अमेरिकाले चीनमाथि व्यापार नियन्त्रण उपायको प्रमुखमध्येको एउटा कारण प्रबिधि चोरी नियन्त्रण पनि भएको बताएपछि चिनियाँ विदेशमन्त्री यीले वासिङ्टनको दावीको खण्डन गर्नुभएको हो ।

मैले यो कुरा प्रष्ट पार्न चाहन्छु कि चीनले विदेशी पेटेन्ट राइट्स (एकस्वाधिकार) चोरी गरेको छैन र गर्न पनि चाहँदैन ।

नत चीनले आफ्नो प्रबिधिको एकस्वाधिकारलाई लिन अरू कसैलाई नै भन्छ, विदेशमन्त्री यीले न्यूयोर्कस्थित ‘काउन्सिल अन फरेन रिलेसन’लाई बताउनु भयो । यी राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा अमेरिका भ्रमणमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.