पुटिन अर्को हप्ता भारत आउने

नयाँ दिल्ली, १२ असोज : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउनुहुने भएको छ ।

अक्टोबर ४ र ५ तारिखमा उहाँले भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारत—रुस बार्षिक द्विपक्षीय सम्मेलनमा सहभागीता समेत जनाउनु हुनेछ । भारत र रुसको दुई पक्षीय सम्मेलन अहिले १९औँ पटक हुन लागेको हो ।

उहाँले भ्रमणका क्रममा भारतीय समकक्षी रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.