प्रहरी प्रमुखमाथि नै अनुसन्धान

बर्लिन, ११ असोज : जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुख माथी अनुसन्धान गरिरहेको बिहीबार जानकारी दिएका छन् ।

अपहरण सम्वन्धी मुद्धामा उहाँको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् । अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्धमा थुप्रै सर्वसाधारणले उजुरी दिएका थिए ।

उहाँले कुर्दिसको नियन्त्रणमा रहेको इराकको उत्तरी क्षेत्रमा एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जोगाउन आफै इराक यात्रा गरेको लगायतका आरोपहरू छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.