पेन्सनसम्बन्धी विवादास्पद विधेयक पारित

मस्को, १० असोज : रुसको संसद्अन्तर्गतको तल्लो सदनले पेन्सन पुनराबलोकनसम्बन्धी विवादास्पद विधेयक पारित गरेको छ ।

संसद्मा बुधबार भएको मतदानमा ३२६ जनाले विवादास्पद विधेयकको पक्षमा मतदान गरेका छन् भने ५९ जनाले विपक्षमा मतदान गरेका थिए । एक जना भने अनुपस्थित थिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी कर्मचारीले अवकाश पाउने उमेर बढाउने व्यवस्था गरिएको विधेयक संसदमा पेश गरेपछि विभिन्न क्षेत्रबाट विरोध हुँदाहँुदै पनि संसदले पारित गरेको हो ।

अवकाश पाउने उमेर यसअघि ६० वर्ष रहेकामा त्यसलाई बढाएर ६५ वर्ष पु¥याइएपछि राज्यले कर्मचारीलाई थप शोषण गर्न खोजेको भन्दै धेरैले विरोध गरेका थिए ।

कर्मचारीको हकहितमा कार्यरत विभिन्न सङ्घसंस्थाको अगुवाइमा केहीदिन देशव्यापी आन्दोलनसमेत भएको थियो । प्रदर्शनकारीले ‘हामी पेन्सनमा बाँच्न चाहन्छौं, काममा मर्न हैन’ भन्ने नारा लेखिएको ब्यानर बोकेका थिए ।

सरकारी पक्षले भने खस्किँदो कार्यक्षमतासँग लड्न सहयोग पुग्ने उद्देश्यसहित पेन्सनसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नु परेको तर्क गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार रुसी पुरुषको औसत आयु केबल ६६ वर्ष र महिलाको ७७ वर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.