त्रिपोलीका पाँच लाख बालबालिका उच्च जोखिममा

त्रिपोली, ८ असोज : लिवियाको राजधानी त्रिपोलीमा अहिले झण्डै पाँच लाख बालबालिका उच्च जोखिमा रहेको पाइएको छ ।

ती बालबालिकाहरु विभिन्न प्रकारका जोखिमबाट लडिरहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जनाएको छ । विद्रोही लडाकूहरुसँगको भिडन्तमा (अगस्टको अन्त्यदेखि गत शनिबारसम्ममा कम्तीमा ११५ जना आम नागरिक मारिएका र झण्डै ४०० घाइते भएका छन् ।

युनिसेफले दक्षिणी त्रिपोलीमा भएको घटनाले १२ सय भन्दा बढी परिवार गत ४८ घण्टामा विस्थापित भएको सोमबार जनाएको छ । पछिल्लो समयमा भएका भिडन्तहरूकै कारण विस्थापित हुनेहरूको सङ्ख्या २५ हजार भन्दा बढी पुगेको र ती मध्ये आधाजति बालबालिका रहेको जनाइएको छ ।

“धेरै बालबालिकाहरु विस्थापित भएका विवरणहरु आएका छन्, उनीहरुलाई तत्काल खतरा देखिएको छ, यही कारणले एउटा बच्चाको निधन भएको छ,” युनिसेफको मध्य पूर्व र उत्तर अफ्रिकी निर्देशक गिर्ट काप्पेलारले भन्नुभयो ।

विद्यालयहरुलाई विस्थापित परिवारले आश्रयस्थलका रुपमा प्रयोग गर्ने क्रम अत्यधिक बढेको तथ्याङकले देखाएको छ । विद्यालयहरु अर्कै प्रयोजनका लागि प्रयोग भएकाले शैक्षिक सत्र सुरु गर्न पनि ढिलाई भइरहेको छ ।

स्थानीयबासिन्दाले खाना, विजुली, पानीलगायतका अत्यावश्यक बस्तुहरुको अभाव पनि झेलिरहेका छन् ।

लिवियामा भइरहेको द्वन्द्वले पारेको असर र विषेश गरेर बालबालिकामा भएको प्रभावका बारेमा विश्वभरीबाट चिन्ता र चासो व्यक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.