भियतनामी उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति

हनोई, ७ असोज : भियतनामका उपराष्ट्रपति डाङ थी नोक थिन्हलाई आइतबार कार्यवाहक राष्ट्रपति बनाइएको भियतनाम समाचार समितिले जनाएको छ । दुई दिनअघि भियतनामका राष्ट्रपति ट्रान डाई क्वाङको ६१ वर्षका उमेरमा निधन भएको थियो ।

उपराष्ट्रपति थिन्ह सन् २०१६ देखि सो पदमा हुनुहुन्थ्यो ।

भियतनामको राष्ट्रिय सभाको स्थायी समितिका तर्फबाट राष्ट्रिय सभाकी उपाध्यक्ष नुएन थी कीम नानले आइतबार उपराष्ट्रपति थिन्हलाई औपचारिक रुपमा राष्ट्रपति नबनाउँदासम्म कार्यवाहक राष्ट्रपति बनाउनेसम्बन्धी कागजातमा हस्ताक्षर गर्नुभएको थियो ।

राष्ट्रिय सभाले थिन्हलाई औपचारिक रुपमा निर्वाचन गरी राष्ट्रपतिमा चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.