विस्फोटनमा परी आठ बालबालिका मारिए

मैमाना, अफगानिस्तान, ६ असोज : अफगानिस्तानको उत्तरी प्रान्त फार्यावमा भएको विस्फोटनमा परी आठ बालबालिका मारिएका छन् ।

घटनामा अन्य आठ जना पनि घाइते भएका स्थानीय प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । प्रदेश राजधानी मैमानाबाट उत्तरतर्फ पर्ने शिरिन तागाब जिल्लाको कोह ए सायद गाउँमा शुक्रबार राती यो घटना भएको हो ।

घटनामा तालिबान लडाकू समूहको संलग्नता रहेको प्रहरीका प्रान्तीय प्रवक्ता अब्दुल कारिम उराशले सिन्ह्वालाई जानकारी दिनुभयो । घटनामा परेका बालबालिकाहरु छ देखि १२ बर्ष सम्मका रहेका पनि प्रवक्ता उराशले बताउनुभयो ।

अफ्गानिस्तानमा रहेको राष्ट्रसंघीय मिसनका अनुसार यस बर्षको पहिलो छ महिनामा अफगानिस्तानमा जारी विभिन्न हिंसा र हत्यामा परी १६ सय ९० आम नागरिकको मृत्यु भएको छ भने, अरु ३४ सय ३० जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.