काश्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

श्रीनगर, भारत, ५ असोज : भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ ।

स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको समाचारमा जनाइएको छ ।

दशकौँदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै काश्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका बिषयलाई लिएर विवाद हुदै आएको छ । दुवै देशले काश्मिरलाई आफ्नो भूभाग भएको दावी गर्दै आएका छन् ।

काश्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झण्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.