मेको ब्रेक्जिट व्यापार कार्यक्रमले ‘काम गर्दैन’ : टस्क

साल्जवर्ग, अष्ट्रिया, ४ असोज : यूरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कले बेलायती प्रधानमन्त्रीले व्यापारबारे ल्याएको योजना सबै सदस्यराष्ट्रलाई मान्य हुने खालको नदेखिएको बिहीबार बताउनुभएको छ ।

इयू परिषद्का प्रमुख टस्कले बताउनुभयो, “बेलायतको यूरोपेली सङ्घबाट हुने बहिर्गमनपछि व्यापार क्षेत्रलाई व्यवस्थित गर्न प्रधानमन्त्री थेरेसा मेले ल्याएको योजनाले सरासर यही अवस्थामा ‘काम गर्न’ सम्भव छैन ।

अष्ट्रियाली शहर साल्जबर्गमा बसेको सदस्य राष्ट्रका नेताहरूसँगको छलफलपछि टस्कले सञ्चारकर्मीसँग उक्त कुरा बताउनुभएको हो । उहाँले थप्नुभयो, मेको ब्रेक्जिटबारे ‘चेकर्स प्लान’ले इयूको एकल बजारलाई कमजोर बनाउने नेताहरूको निष्कर्ष रह्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.