‘कोभिड–१९’ बाट १६ लाख सङ्क्रमित, ९६ हजार भन्दा बढीको मृत्यु
काठमाडौं, २८ चैत : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख १५ हजार ९२ सङक्रमित भएका छन् ।
यस प्रकोपबाट संसारभरि ९६ हजार ७९१ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ६२ हजार ५३८ जना भने निको भएका छन् ।
शुक्रबार अपरान्हसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।
