अफगानिस्तानामा पोलियो

कान्दाहार, २ असोज : अफगानिस्तानमा एक चौध महिने बालकमा पोलियो रोग देखा परेको छ । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको प्रान्तीय राजधानी कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने इलाकामा एक बालकमा पोलियोको भाइरस रहेको देखिएको हो ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म ११ जनामा पोलियो रोगको भाइरस देखापरेको सार्वजनिक स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी कान्हादार सहरकबाट उत्तरमा पर्ने एक क्षेत्र लोया वियालीमा एघार महिनै एक बालकमा सो रोग देखापरेको प्रान्तीय स्वास्थ्य निर्देशक अब्दुल कयुम पाख्लाले जानकारी दिनुभएको छ ।

कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने लोया वियालीमा खुल्ला शौचालयको प्रयोग हुने र सफा पानीको पनि अभाव भएको कारण सो रोग देखापरेको सरकारी अधिकारी जानकारी दिएका छन् ।

गत अगस्तको सुरुमा नै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफको अफगानिस्तानभरी सुरु गरेको पोलिया विरुद्धको खोपकोे अभियानमा अफगान सार्वजनिक स्वास्थ्य मन्त्रालयले पनि सहयोग गरेको थियो ।

पाँच दिनसम्म चलेको यस अभियानमा पाँच वर्षभन्दा मुनिका नौ लाख ९० बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.