क्यामरूनको संसदमा सत्ताधारी दललाई फराकिलो बहुमत

याउण्डे, क्यामरून, १६ फागुन : क्यामरूनका राष्ट्रपति फ वियाको दलले यहाँको संसदमा पूर्ण बहुमत ल्याउन सफल भएको छ ।

क्यामरूजको संवैधानिक परिषद्ले शुक्रबार निर्वाचन परिणाम सार्वजनिक गरेको छ । परिषद्ले राष्ट्रपति वियाको ‘पिपुल्स डेमोक्र्याटिक मुभमेन्ट’ (आरडीपीसी) ले सुविधाजनक बहुमत ल्याएको घोषणा गरेको छ ।

क्यामरूनको संसदमा कूल १८० सदस्यको प्रतिनिधित्व रहन्छ । “फेब्रुअरी ९ मा निर्वाचन सम्पन्न भएका कूल १६७ स्थानमा राष्ट्रपतिको दल आरडीपीसीले १३९ स्थानमा विजय हाँसिल गरेको छ,” परिषद्का अध्यक्ष क्लेमेन्ट अतानागाले बताउनुभयो ।

उक्त दिन देशको एङ्लोफोन क्षेत्रका १३ निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेको थिएन ।

उहाँले निर्वाचन सम्पन्न भएका स्थानको औसत मतदान प्रतिशत सन्तोषप्रद नै रहेको बताउनुभयो । उक्त दिन ४६ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए ।

निर्वाचन स्थगित भएका निर्वाचन क्षेत्रमा छिट्टै अर्को मितिमा निर्वाचन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.