जेलबाट दर्जनौं कैदी फरार

याङ्गुन, म्यानमार, ३१ भदौ : म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन् ।

आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरुले सोही ट्रक लिएर फरार भएका छन् ।

कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदीहरु भागेको जानकारी दिनुभयो । तीन जनालाई भने पुनः प्रक्राउ गर्न सफल भएको पनि उहाँले बताउनुभयो ।

आक्रमण भएको जेलमा झण्डै दुई हजार कैदीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.