सिरियामा स्थानीय तहको निर्वाचन

दमास्कस, ३१ भदौ : सिरिया सरकारको नियन्त्रण रहेका ठाउँमा आइतबार स्थानीय तहको निर्वाचन भएको छ ।

द्वन्द्वग्रस्त मुलुक सिरियामा सन् २०११ पछि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको अधिकारीहरुले जनाएका छन् । निर्वाचनका लागि मतदानस्थलमा बिहानैदेखि मतदाताको भिड लागेको राज्यद्वारा सञ्चालित साना समाचार संस्थाले जनाएको छ ।

स्थानीय समयअनुसार विहान ७ बजेदेखि सुरु भएको मतदान १२ घण्टासम्म चल्नेछ । अहिले निर्वाचन भएका ठाउँहरुमा १८ हजार ४७८ जना जनप्रतिनिधि छानिने छन् । त्यसका लागि झण्डै ४० हजार उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

मुलुकका झण्डै दुई तिहाइ क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरुको नियन्त्रण रहेको छ । पछिल्ला केही समय दमास्कससहित देशका दक्षिणी क्षेत्रमा शृङ्खलाबद्ध रुपमा सरकारी सुरक्षाकर्मीहरुलाई सफलता प्राप्त भइरहेको छ ।

सिरियामा यसअघि सन् २०११ को डिसेम्बरमा स्थानीय तहको निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.