संयुक्त राष्ट्रसंघ प्रमुख गुटेर्रेस पाकिस्तान आउने  

इस्लामावाद, २७ माघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले फेब्रुअरी १५ पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ ।

गुटेर्रेस पाकिस्तान रहँदा राष्ट्रपति अरिफ अल्वी, प्रधानमन्त्री इमरान खान लगायतका उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेको सरकारी स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले आइतबार जानकारी गराए ।

महासचिव गुटेर्रेसले पाकिस्तानमा रहँदा यहाँ कार्यरत संयुक्त राष्ट्रसंघका नियोगहरूको अवलोकन भ्रमण गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.