प्रतिपक्षी नेतासहित दुई हजार जेलमुक्त

किगाली, रूवान्डा, ३० भदौ : रूवान्डाका प्रतिपक्षी दलका नेता भिक्टर इनाविरसहित करिब दुई हजार बन्दीलाई शनिबार रिहा गरिएको छ ।

रूवान्डाका राष्ट्रपति पाउल कगामीले प्रतिपक्षी नेता इनाविरसहित बन्दी अवस्थामा रहेका उहाँका दुई हजार समर्थकलाई एक्कासी रिहा गर्न निर्देशन दिएपछि उनीहरू रिहा भएका हुन् ।

“राष्ट्रपतिद्वारा स्वतन्त्रता प्रदान गरेकोमा उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु,” इनाविरले राजधानी किगालीको मागेरागेरा जेलबाट रिहा भए लगत्तै सञ्चारकर्मीसँग बताउनुभयो । “यो रूवान्डामा राजनीतिका लागि मलाई दिइएको स्वतन्त्रता (खुलापन) को शुरुवात भएको मैले विश्वास गरेको छु,” उहाँले भन्नुभयो ।

राजनीतिक प्रतिशोधका आधारमा जेलमा राखिँदै आएका अन्य बन्दीहरूलाई पनि रिहा गर्न राष्ट्रपति कगामीसमक्ष उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.