इराकी संसदद्वारा इरान निकटस्थ सभामुख चयन

बग्दाद, इराक, ३० भदौ : इराकी संसदले शनिबार इरान निकटस्थ मानिने उम्मेदवारलाई सभामुखका रूपमा चयन गरेको छ । यसले नयाँ सरकारमा इरान निकटस्थ मानिने सुन्नी समुदायको मतलाई आकर्षित गर्ने रणनीतिका रूपमा विश्लेषण गरिएको छ ।

सुन्नीहरूको बाहुल्यता रहेको अनबर प्रान्तको गभर्नरका रूपमा काम गरिसक्नुभउका मोहम्मद अल हलबुसी सभामुखमा निर्वाचित हुनुभएको हो । अनबर इस्लामिक स्टेट समूहको एक प्रमुख प्रभाव क्षेत्र हो । अल–हलबुसी अनबर क्षेत्रबाट गत मे महिनामा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित हुनुभएको थियो ।

इराकमा सरकारमा प्रशासनिक सन्तुलन मिलाउनका लागि सुन्नी अरब क्षेत्रबाट सभामुख, सिया समुदायको बाहुल्यता रहेको क्षेत्रबाट प्रधानमन्त्री र कुर्द समुदायको बाहुल्यता रहेको क्षेत्रबाट राष्ट्रपति छान्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.