अमेरिकाको प्रस्ताव रूसले स्वीकार नगर्ने

मस्को, रूस, ३० भदौ : रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

अमेरिकाले एकतर्फी रूपमा अनुसन्धानका लागि गरेको माग जायज नरहेको दावी गर्दै यस विरुद्ध प्रतिकार गर्ने शुक्रबार मस्कोमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता मारिया जाखारोभाले बताउनुभयो ।

अमेरिकी उप–विदेशमन्त्री मनिषा सिंहले बिहीबार यदि रूसले रासायनिक हतियारबारे स्थलगत छानविनमा सघाएमा पूर्व रूसी कुटनीतिज्ञ सर्गेइ स्क्रीपालमाथिको विषादी प्रकरणलाई लिएर रूसविरुद्ध लगाइएका प्रतिबन्धको सामना गर्नुनपर्ने बताउनुभएको थियो ।

जाखारोभाले सञ्चारमाध्यमले गरेका प्रश्नहरूको जवाफमा रूसी मन्त्रालयको वेभसाइटमा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “एकतर्फी रूपमा आएको अमेरिकी मागलाई पक्कैपनि लागु हुन दिने छैनौ वा अमेरिकाद्वारा गैरकानूनी रूपमा राख्दै आएको मागजस्तो लाग्ने रूसी महासङ्घको भूमिमा भएका भनिएका रासायनिक हमलाबारे छानविनको शर्तलाई मान्न तयार हुने छैनौ ।”

“रासायनिक हतियार महासन्धि (सिडब्लुसी) को संरचनाभन्दा धेरै टाढा रहेको यो वा त्यो अमेरिकी आन्तरिक राष्ट्रिय ऐनको आधारमा गरिने माग रूसले मान्न बाध्य छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.