सडक दुर्घटनामा पन्ध्र व्यक्तिको मृत्यु

भारत, श्रीनगर, २९ भदौ : भारतको काश्मिर राज्यमा शुक्रबार भएको मिनीबस दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन् ।

पहाडी चिप्लो बाटोमा यात्रुहरु लिएर गइरहेको मिनीबस गहिरो खोचमा झरेको प्रहरीले जनाएको छ ।

प्रान्तीय राजधानी श्रीनगरबाट २१७ किलोमिटर दक्षिणको किसत्वार जिल्लामा सो दुर्घटना भएको थियो । घटनास्थलबाट १५ जनाको शव निकालिएको र १९ जानलाई घाइते अवस्थामा अस्पताल लगिएको उपप्रहरी निरीक्षक अंग्रेज सिंह रानाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ ।

प्रहरीको एक समूह र विपद् नियन्त्रण बलका सदस्यहरु उद्धारमा खटिएका थिए । दुर्घटनाको कारण तत्काल प्रष्ट नभएको र अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.