भाजपा अध्यक्षमा नाडा चयन

नयाँ दिल्ली, ६ माघ : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय अध्यक्षको जिम्मेवारी नयाँ व्यक्तिलाई दिइएको छ ।

पार्टीले सोमबार नेता जगत प्रकाश नाडालाई पार्टीको अध्यक्षमा निर्वाचित गरेको नेताहरुले जानकारी दिएका छन् ।

उहाँ विगत छ महिनादेखि कार्यबाहक अध्यक्षको रूपमा रहनु भएको थियो । तत्कालिन पार्टी अध्यक्ष अमित शाह गृहमन्त्री भएपछि उहाँले राजीनामा दिएर नाडालाई कार्यबाहक अध्यक्ष बनाइएको थियो ।

नाडा सोमबारदेखि औपचारिक रूपमा भाजपाको ११औँ अध्यक्ष बन्नुभएको छ । उहाँ यसअघि हिमाञ्चल प्रदेशको मन्त्रीसमेत हुनुभएको थियो ।

भारतको सत्ताधारी दल भाजपाले आफ्नो दलमा सन् २०१९ सम्ममा १८ करोडभन्दा बढी सदस्यहरू रहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.