इडलिबबाट ३८ हजार नागरिक पलयान : राष्ट्रसङ्घ

जेनेभा, २८ भदौ : प्रतिपक्षी समूहको पकड रहेको सिरियाली उत्तरपश्चिमी प्रान्त इडलिबमा सेप्टेम्बर १ पछिको १२ दिनको समयमा कम्तीमा ३८ हजार ५०० नागरिक विस्थापित भएको राष्ट्रसङ्घले जनाएको छ ।

इरान र रूसको समर्थन प्राप्त सिरियाली सरकारी सुरक्षा फौजको हवाई तथा स्थल आक्रमणको भयले दुई हप्ताको समयमा दैनिक ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित हुने क्रम देखिएको राष्ट्रसङ्घको मानवीय सहयोग मामिला हेर्ने निकायले जनाएको छ ।

सेप्टेम्बर १ देखि १२ सम्मको समयमा विस्थापितको सङ्ख्या निकै ठूलो भएको र आक्रमणको त्रासमा घर छोड्ने सर्बसाधारणको सङ्ख्या दैनिक बढ्दो देखिएको राष्ट्रसङ्घको ठहर छ ।

सिरियाको इडलिब प्रान्त विपक्षीहरूको राम्रो पकड भएको क्षेत्र हो र पछिल्ला केही दिन यता सिरियाली फौजले उत्त क्षेत्रलाई लक्षित गरी व्यापक हवाई तथा स्थल आक्रमण थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.