यूक्रेन र डोनेट्स्क लडाकूबीच आइतबार कैदी आदानप्रदान हुने : जेलेन्स्की

किभ, १२ पुस : यूक्रेनी अधिकारीहरूले डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौँ कैदीहरू आदानप्रदान गर्न लागिएको बताएका छन् ।

पेरिसमा भएको उच्च स्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चाल्न लागिएको यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताउनुभयो । यूक्रेनको पूर्वी क्षेत्रमा डोनेट्स्क र लहान्स्कलाई यूक्रेनबाट स्वतन्त्र बनाउने लडाइ लड्दै आएका उनीहरूलाई रूसको समर्थन रहँदै आएको यूक्रेनको दावी छ ।

उहाँले भन्नुभयो, “आइतबार कैदीको आदानप्रदान हुनेछ । यसको प्रतिक्षामा हामी छौँ । आदानप्रदान गरिने कैदीको नाम चयन भैरहेको छ ।”

शनिबार नै यसअघि डोनेट्स्का विद्रोहीका प्रवक्ता दारिया मरोजोभाले पनि कैदी आदानप्रदान हुन लागेको बताउनुभएको थियो ।

मरोजोभाका अनुसार लुगान्स्कले आफ्ना नेता,कार्यकर्ता तथा लडाकू गरी ८७ जना फिर्ता हुने र ५५ किभतर्फका कैँदी फिर्ता गरिनेछ । कैदीको आदानप्रदान विद्रोहीको प्रभाव क्षेत्र गोर्लिभ्का नगर नजिकै हुने अनुमान गरिएको छ ।

यसपहिले रूस र यूक्रेनबीच पनि केही कैँदीको आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.