चर्चले प्रभाव गुमाइरहेको भन्दै सुधारका लागि पोपको आग्रह

भेटिकन सिटी, ५ पुस : आधुनिक संसारमा क्रिश्चियन विश्वासप्रति कम विश्वास देखिन थालेको भन्दै चर्चको नेतृत्वको ‘सोचमा परिवर्तन’ गर्न जरूरी भएको क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले शनिबार बताउनुभएको छ । उहाँले क्रिश्चियन धर्मप्रतिको विश्वास कम भएको र अझ बेवास्ता हुन थालेको भन्दै सम्बद्ध नेतृत्वको आलोचना गर्नुभयो ।

“हाम्रा (क्रिश्चियन) सोचविचार र धारणालाई पुनः स्थापित गर्न नयाँ तरिकाको आवश्यकता देखिएकोे छ,” पोपले भेटिकन सिटीका उच्च प्रशासकीय अङ्ग रोमन क्युरियामा भएको क्रिशमसको परम्परागत शुभकामना आदानप्रदान कार्यक्रममा भन्नुभयो ।

पोपले भन्नुभयो,“आज संस्कृति फैलाउने संस्था चर्चमात्र छैन, हामीलाई नत पहिले न धेरै सुनिन्छ ।”

“अहिले हामी क्रिश्चियन धर्मको शासनकालमा छैनौँ किनकि विश्वास खासगरी यूरोप र पश्चिमको ठूलो भागमा सँगसँगै बस्ने पूर्वधारणा सहज छैन, बिग्रिएको र यो प्राय अस्वीकार गरिन्छ, उपहास गरिन्छ, न्यून सङ्ख्यामा रहेको छ र हाँसोको बिषय हुन थालेको छ ।”

“परिवर्तन आवश्यक छ र पादरीहरूको सोचमा अझ यो परिवर्तन आउन जरूरी भएको छ,” क्याथोलिक चर्चको इतिहासमा ल्याटिन अमेरिकाबाट पोप बनेका उहाँले बताउनुभयो ।

सन् २०१३ मा पोप बनेसँगै रूढीवादी तथा शक्तिशाली क्युरियालाई परिवर्तन गर्न खोज्दै आएका फ्रान्सिसले क्युरियाका अधिकारीको स्वतन्त्रता र आर्थिक अधिकारमाथिको विशेष नियन्त्रणको प्रयासमा विफल देखिएको बताइदै आएको छ ।

विगत क्रिसमसका शुभकामना कार्यक्रममा फ्रान्सिसले क्युरियामा रहेका पादरी र पादरीका समूहमाथि अझ कडा आवाजले आलोचना गर्नुभएको थियो । उहाँले क्रिश्चियन धर्मका नाममा भएका गलत कार्यले धर्मप्रतिको आस्था र विश्वास गुम्नेगरेको भन्दै क्युरियामा रहेको कर्मचारीतन्त्रमा ‘गुट’ र ‘विश्वासघात’ अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

फ्रान्सिसले धर्मप्रतिको आस्थाको प्रचारप्रसार र सुधारका लागि सञ्चार मन्त्रालय वा विभाग (डिकास्टरिज) जस्ता नयाँ विभागको सिर्जना गर्नुभएको छ । आफ्नो उक्त कदमले ‘डिजिटाइज कल्चर’ लाई राम्रो व्यवस्थापन गर्नसकिने र विभिन्न विभागमा हुनेगरेका गलत अभ्यासलाई सुधार्नसकिने उहाँको धारणा रहेको छ ।

शनिबारको सम्बोधनमा फ्रान्सिसले महत्वपूर्ण परिवर्तनको सट्टा ‘विगतमा प्रलोभनका कारण पदाधिकारीहरूको नैतिक पतन’ विरूद्ध चेतावनी दिनुभयो ।

उहाँले थप्नुभयो, “यस्ता ‘कठोरता’ परिवर्तनको डरबाट उठेका र गलत अभ्यासका रूपमा फैलिएका बताउँदै यसले साझा हित र परिवर्तनमा अवरोध गर्ने गरेको र यसबाट संस्था तथा पदाधिकारीमाथि नै घृणा उत्पन्न गर्ने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.