भारतीय संसदको चालु अधिवेशनबाट १५ विधेयक पारित
नयाँ दिल्ली, २७ मङ्सिर : भारतको केन्द्रीय संसदबाट चालु अधिवेशनबाट अहिलेसम्म १५ विधेयक पारित भएका छन् ।
अहिले चलिरहेको हिउँदे अधिवेशनबाट नागरिकता सम्वन्धी विधेयकसहित १५ विधेयक पारित भएको संसदीय मामिला मन्त्री प्रलाह्द जोशीले जानकारी दिनुभयो ।
पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले लोकसभामा १८ विधेयक पेश गरेकोमा १४ वटा संसदले पारित गरेको बताउनुभयो ।
राज्य सभाले भने १५ विधेयक पारित गरेको उहाँको भनाई छ ।
संसदको चालु अधिवेशन गत नोभेम्बर १८ मा सुरु भएको थियो भने अहिलेसम्म २० ओटा बैठक बसेका छन् ।
