नाइजरमा भएको आतङ्ककारी आक्रमणमा ७१ सैनिकको मृत्यु

नियामी, नाइजर, २७ मङ्सिर : नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ ।

नाइजरको पश्चिमी इलाकामा रहेको एक गाउँमा अवस्थित सैन्य शविरमा सो आक्रमण भएको हो । यसैबीच, इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

इजिप्टको भ्रमणमा रहनुभएका नाइजरका राष्ट्रपति मोहमद इसोफो यस घटनापछि स्वदेश फर्किनु भएको छ ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों र पाँच पश्चिमी अफ्रिकी नेताहरूबीच उक्त क्षेत्रमा सुरक्षा अवस्थाको विषयमा हुन लागेको सम्मेलनको केही दिनअघि उक्त आक्रमण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.