बान की मुन र बिल गेटस् एउटै संस्थामा

द हेग, २५ भदौ : संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुन र चर्चित अरबपति बिल गेट्सले एउटा अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्नुहुने भएको छ ।

आउँदो महिना घोषणा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय एउटा आयोगमा उहाँहरूले सँगै काम गर्न लाग्नुभएको नेदरल्याण्डको सरकारले सोमबार जनाएको छ । सो आयोगलाई ग्लोबल सेन्टर अन एडप्टेसनले मुख्य सहयोग गर्ने भएको छ भने विश्व बैंकका प्रमुख कार्यकारी अधिकृतले विषेश चासो दिनुहुने भएको छ ।

यसले तिव्रगतिमा बिग्रँदै गइरहेको विश्वको जलवायुसम्बन्धी समस्या समाधान गर्न सरकारी तथा गैरसरकारी निकायहरूलाई सहयोग र समन्वय गरिदिने बताइएको छ ।

बान, माइक्रोसफ्टका संस्थापक गेट्स र विश्व बैंकका प्रमुख कार्यकारी अधिकृत उपस्थित भएर आउँदो अक्टोबर १६ तारिखका दिन नेदरल्याण्डमा औपचारिक रूपमा सो आयोगको घोषणा गर्ने तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.