चिकित्सकले विरामीको आवश्यकता नबुझेको आरोप

सुभा, २५ भदौ : चिकित्सकहरुले विरामीको आवश्यकतालाई बेवास्ता गर्ने गरेको फिजीका स्वास्थ्यमन्त्रीले आरोप लगाउनुभएको छ ।

स्वास्थ्य सेवा दिने बेलामा स्वास्थ्यकर्मीहरुले विरामीहरूप्रति पर्याप्त ध्यान नदिने गरेको र उनीहरुको आवश्यकतालाई नबुझ्ने गरेको उहाँको भनाई छ ।

फिजी मेडिकल एसोसिएसनको ६०औँ बार्षिक बैज्ञानिक सम्मेलनमा बोल्दै उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुप्रति असन्तुष्टी व्यक्त गर्नु भएको हो ।

फिजी ब्रोडकास्टिङ कर्पोरेसन (एफबीसी)ले सोमबार दिएको जानकारी अनुसार फिजीका स्वास्थ्यमन्त्री रोसी अकबरले स्वास्थ्यकर्मीहरुलाई सेवाको गुणस्तर सुधार्न आग्रह गर्नुभयो ।

फिजी नागरिकहरुसँग सहकार्य गर्न, उनीहरुको भावना बुझ्न र उनीहरुलाई पर्याप्त चासो दिन सकेमा मात्रै उद्देश्य अनुसारको उपलब्धि हासिल हुने उहाँले बताउनुभयो ।

उहाँले नसर्ने रोगहरुको निधान तथा न्युनिकरणका लागि राम्रो अभ्यासकर्ता, शिक्षक, वकील र राम्रो प्रशासक बन्न समेत चिकित्सकहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.