भारत र भुटानबीच उच्चस्तरीय छलफल 

नयाँदिल्ली, १४ मङ्सिर : भारत र भूटानका उच्च सरकारी अधिकारीबीच द्वीपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ । दुई मुलुकबीच भूटानमा भारतद्वारा सञ्चालित विभिन्न परियोजनाको समीक्षा पनि गरिएको भारत सरकारले जनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा भएको यो द्वीपक्षीय छलफल दोस्रो हो । भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव टिएस त्रिमूर्तिले गर्नुभएको थियो भने भूटानी टोलीको नेतृत्व भूटानका विदेश सचिव किंगा सिङ्ग्येले गर्नुभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसै यसै वर्षको अगस्टमा भएको भूटान भ्रमणका क्रममा भारतीय सहयोगमा माङदेचु जलविद्युत आयोजनाको प्रारम्भ गरिनुका साथै दक्षिण एसियाली भूउपग्रहको “अर्थ स्टेशन” निर्माण सम्बन्धी सम्झौता र भूटानमा भारतीय रुपे कार्डको शुभारम्भ गरिएका थिए ।
यस वार्षिक विकास समीक्षा बैठकमा भूटानसँग भारतको विकास साझेदारीका विषयमा छलफल गर्ने महत्वपूर्ण संयन्त्र हो । भारतले भूटानको १२औं पञ्चवर्षीय योजना अवधिमा व्यापार सहजीकरणका निम्ति भारु ४०० करोड तथा विभिन्न परियोजना कार्यान्वयनका लागि भारु ४ हजार ५०० करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ५१ वटा ठूला तथा मझौला र ३५९ वटा साना विकास परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेको जनाइएको छ ।

भूटानको विकास प्रक्रियामा निरन्तर सहयोग गर्न भारत प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । दुबै मुलुकबीच अर्को द्वीपक्षीय छलफल आगामी सन् २०२० मा थिम्पुमा गर्न सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.