हिंसाका कारण कङ्गोमा आठको मृत्यु

बेनी, कङ्गो, ९ मङ्सिर : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएको पछिल्लो हिंसात्मक घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

देशको बेनी सहरमा लडाकूहरुले आक्रमण गरेपछि भएको हिंसामा परी उनीहरुको मृत्यु भएको जनाइएको छ । सेनाका प्रवक्ता कर्नेल माक हजुकाइले युगाण्डासँगको सीमा क्षेत्रमा घटना भएको र उनीहरुको मृत्यु भएको पुष्टि गर्नु भएको छ ।

हिंसात्मक घटनाका क्रममा टाउन हल र केही भौतिक संरचनाहरु समेत जलेको अधिकारीहरुले जनाएका छन् ।लडाकूहरुको समूह एलाइड डेमोक्र्याटिक फोर्स (एडीएफ) ले संयुक्त राष्ट्रसंघका शान्ति सेना र स्थानीय सुरक्षाकर्मीहरुका विरुद्धमा जुलुश निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.