नामिबियामा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार

विन्धोक, नामिबिया, ९ मङ्सिर : नामिबियामा राष्ट्रपतिका लागि पहिलो पटक महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ ।

राष्ट्रपति चयनका लागि आगामी बुधबार मतदान हुन लागेको छ । निर्वाचनका लागि कुल ११ जना उम्मेदवार रहेका छन् ।

ती मध्ये चार जनालाई मुख्य प्रतिश्पर्धी मानिएको छ । मुख्य प्रतिश्पर्धी मध्ये एक जना महिला पनि हुनुहुन्छ । प्राज्ञिक तथा सामाजिक क्षेत्रमा लामो समय काम गर्नुभएकी ५७ वर्षीया इस्थेर मुइनजाङगे देशको राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदवार हुनुभएको हो ।

नामिबियामा यसअघिसम्म कोही पनि महिला राष्ट्रपतिका लागि उम्मेदवार समेत हुन नपाएको अधिकारीहरुले जनाएका छन् । उहाँ स्थानीय हेरेरो जातीय समूहकी महिला हुनुुहुन्छ । उहाँसँगै उहाँको समुदायले जातिय स्वतन्त्रता र उत्थानका लागि ठूलो संघर्ष गर्नुभएको थियो ।

उहाँ ‘नेसनल युनिटी डेमोक्र्याटीक अर्गनाइजेसन (एनयुडीओ) ’पार्टीको तर्फबाट गत मार्चमै उम्मेदवारका लागि छनौट हुनुभएको हो ।

सो पार्टी पनि महिलाले नेतृत्व गरेको नामिबियाको पहिलो पार्टी भएको स्थानीय संचार माध्यमहरुले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.