सात विदेशीसहित एघार लडाकु मारिए

बेरुत, ४ मङ्सिर : सिरियामा भएको सुरक्षा कारबाहीका क्रममा एघार लडाकू मारिएका छन् ।

मृत्यु भएका मध्ये सात जना विदेशी रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

सिरियामा इजरायली हवाइ आक्रमण भएको युद्ध अनुगमनकर्ताहरुको समूहले जनाएको छ ।

सिरियाली अब्जरभेटरी फर ह्युमन राईटसले दिएको जानकारीअनुसार मृत्यु भएकाहरु इरानी हुन वा इरान भन्दा फरक हुन भन्ने बारेमा कुनै एकिन भएको छैन ।

त्यस समूहका प्रमुख रमी अब्देल रहमानले घटनामा परी अरु चार सार्वसाधारण घाइते भएका जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.