बार्सामा तनावपछि इराकी सांसदहरूको आकस्मिक बैठक

बग्दाद, इराक, २३ भदौ : इराकको दक्षिणी शहर बार्सामा मङ्गलबारदेखि भएका आक्रमणमा विद्रोहीले इरानी बाणिज्यदूताबासमा आगो लगाएको र विमानस्थलमा हवाइ आक्रमण भएसँगै सुरक्षाकर्मीले गरेका कारबाहीमा १२ जना विद्रोही मारिएका छन् ।

तनाबपछि इराकी संसदको आकस्मिक तथा आपतकालीन बैठक बोलाइएको छ । इराकी प्रधानमन्त्री हैदर अल अवादीले उपलब्ध मन्त्रीहरूको बैठकमा जानकारी गराउनुभएको छ । अवादीले उक्त हिंसालाई ‘राजनीतिक प्रतिशोधले गरिएको आक्रमण ’ भन्दै यसविरुद्ध दृढ भएर अघि बढ्न आग्रह गर्नुभएको छ ।

विद्रोहीले तेहरान पक्षधर लडाकू तथा राजनीतिक दलका कार्यालय ,सरकारी भवनहरू तथा इरानी बाणिज्यदूताबासमा मङ्गलबारदेखि आगजनी गरेपछि तनाब भएको सरकारी सुरक्षा स्रोतले जनाएको छ । तनाबलाई साम्य पार्न गरिएको सुरक्षा कारबाहीमा १२ जना विद्रोही मारिएका पुष्टि भएको छ ।

खानेपानीको अभावमा प्रदुशित पानी खाँदा विरामी परेका करिब ३० हजार नागरिक अस्पताल भर्ना भएपछि आक्रोसमा सरकारी भवनमा आगजनी गर्न थालेको आन्दोलित समूहले बताएको छ । सुरक्षाकर्मीले आन्दोलनकारीविरुद्ध चलाएको कारबाहीमा १२ जना मारिएका र ५० जनाभन्दा बढी घाइते भएका गृहमन्त्रीले जनाएका छन् । इराकले आन्दोलन इरानको उक्साहटमा भएको जनाएको छ ।

विदेशमन्त्रालयले बाणिज्यदूताबासमा भएको आक्रमणलाई अस्वीकार्य कदम भन्दै ‘यसले इराकको चासो तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई कमजोर आँकलन गर्न खोजेको’ जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताल बहराम घसेमीले ‘असभ्य आक्रमण’ भनी इराकले गरेको आलोचनाको खण्डन गर्नुभएको छ ।

इराकका लागि इरानी राजदूत इराज मस्जेदीले बाणिज्यदूताबास पूणर््ारूपमा ध्वस्त गरिएको बताउँदै यसमा अमेरिका, जियोनी तथा केही अरब मुलुकका ‘विदेशी दलाल’ले इरान–इराकको सम्बन्ध विगार्ने प्रयासमा गरेको आक्रमण भनी आरोप लगाएको इरानी समाचार संस्था आइएलएनएले जनाएको छ ।

बार्सामा गत जुलाईदेखि शुरु भएको विरोध कार्यक्रममा अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ ।

“हामी तीर्खाएका छौँ, भोकाएका छौँ, विरामी परेका छौँ र राज्यद्वारा त्यागिएका छौँ, त्यसैले हाम्रो पवित्र कर्तव्यका लागि आन्दोलन शुरु गरेका छौँ र इमान्दार नागरिकले आन्दोलनमा सहभागिता जनाउने छ, ” इरान निकट मानिने सिया समूहका अलि हुसैनले भन्नुभयो ।

यसैबीच सांसदले प्रधानमन्त्री लगायत सरकारी अधिकारीबाट घटनाको विवरण सुनाइएको छ । आन्दोलनको कारक भनिएको प्रदुशित खानेपानी तथा विद्युत समस्याबारे छलफलसमेत भएको बताइएको छ ।

वार्सा क्षेत्रमा चर्चित सिया धर्मगुरु मोक्तदा सादरको आग्रहमा सांसदको आपतकालिन बैठक बोलाइएको हो । वार्साबाट निर्वाचित सांसदले जनताको जायज मागमा भएको लापबाही थप केही दिन रहे सङ्कटकालीन सरकारको निर्माण गरिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.