चिनियाँ राष्ट्रपति ग्रिस, ब्रिक्सको भ्रमणपछि स्वदेश फिर्ता
बेइजिङ, १ मङ्सिर : चिनियाँ राष्ट्रपति सी चिनफिङ ग्रिसको राजकीय भ्रमण तथा ब्राजिलमा सम्पन्न ११औं ब्रिक्स सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्कनु भएको छ ।
राष्ट्रपति सीका साथ उहाँकी धर्मपत्नी, पार्टीका उच्च पदाधिकारीहरु, मन्त्रीहरु समेत एक दर्जन बढी उच्च पदाधिकारी सहभागी हुनुभएको थियो ।
बेइजिङ फर्कनेक्रममा राष्ट्रपति सीले स्पेनी द्वीप टेनेरिफको पनि भ्रमण गर्नुभएको थियो ।
