सडक दुर्घटनामा एकै परिवारका पाँच व्यक्तिको मृत्यु 

बर्वानी, मध्यप्रदेश, भारत, १ मङ्सिर : भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ।

एक बिवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.