धारिलो हतियार प्रहारबाट राष्ट्रपतिका आकाङ्क्षी घाइते

रियो दि जेनेरियो, ब्राजिल, २२ भदौ : राष्ट्रपतिको निर्वाचन प्रचार प्रसारमा हिँडिरहेको समय दक्षिणपन्थी नेता जाइर बोल्सोनारोमाथि बिहीबार धारीलो हतियार प्रयोग गरी आक्रमण भएको छ ।

दक्षिणपन्थी दलका नेता बोल्सोनारोको दक्षिणपूर्वी शहर जुइज दे फोरामा आक्रमण भएको थियो । उहाँको तत्काल शल्यक्रिया गरिएको थियो । शरीरको मध्यभागका केही स्थानमा लागेका चोटको उपचार गराईरहनुभएका बोल्सोनारोको अवस्था स्थिर रहेको बताइएको छ ।

धारिलो हतियारको आक्रमणबाट घाइते राष्ट्रपतिका उम्मेदवार जाइर मेस्सियास बोल्सोनारोको शान्ता कासा दे जुइज फोरा अस्पतालमा शल्यक्रिया भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभयो ।

बाहिरी चोटको उपचारपछि थप उपचारका लागि अल्बर्ट आइन्सटाइन अस्पतालमा पठाइएको फोरा अस्पतालका प्रवक्ताले जानकारी दिनुभयो ।

बोल्सोनारो राष्ट्रपतिका लागि बलियो आकाङ्क्षी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.