प्रदर्शनका क्रममा श्रीलङ्कामा एकको मृत्यु, ८० अस्पताल भर्ना

कोलम्बो, २१ भदौ : श्रीलङ्कामा भएको प्रदर्शनका क्रममा बिहीबार एक जनाको मृत्यु भएको छ भने अरू ८० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ ।

राजधानी कोलम्बोमा विपक्षीहरुले गरेको बृहत् प्रदर्शनका क्रममा घाइते भएका र बिरामी भएका सबैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोलम्बो नेशनल हस्पिटलका अधिकारीहरुले दिएको जानकारीअनुसार मुटुसम्बन्धी समस्या देखिएका एक व्यक्तिको मृत्यु भएको हो ।

अस्पतालमा भर्ना भएका मध्ये आठ जनालाई विषाक्त खानाको असर देखिएको र अरू आठ जनालाई सामान्य चोट लागेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

त्यसैगरी मादक पदार्थ सेवन गरेका अरू ७० जनालाई पनि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका अधिकारीहरुले बताएका छन् । उनीहरु सबैलाई प्रदर्शन लगत्तै अस्पताल लगिएको थियो ।

श्रीलङ्कमा विपक्षीहरुले संयुक्त रुपमा विरोध प्रदर्शनसहितको आन्दोलनको आयोजना गरेको समाचारमा जनाइएको छ । उनीहरुले मुल्यवृद्धि र सरकारको आर्थिक नीतिको विरुद्धमा प्रदर्शन गरिएको जनाएका छन् ।

आन्दोलनको नेतृत्व पूर्व राष्ट्रपति महेन्द्रा राजापाक्षका जेठा छोरा तथा सांसद नामाल राजापाक्षले गर्नुभएको थियो ।

आन्दोलनकारीहरुले प्रदर्शनमा हजारौँको सहभागिता रहेको दाबी गर्दै एकिन तथ्याङ्क भने नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.