दक्षिण सुडानका १० सैनिक दोषी ठहर 

जुबा, २१ भदौ : दक्षिण सुडानको एक सैनिक अदालतले सन् २०१६ मा सुडानको राजधानी जुबामा भएको बलात्कार र हत्यासम्बन्धी घटनामा यहाँका १० सैनिकलाई दोषी ठहर गरेको छ ।

सन् २०१६ मा सुडानमा भएका वैदेशिक सहायताकर्मीलाई बलात्कार गरेको र एकजना स्थानीय पत्रकारको हत्या गरेको अभियोग ती सैनिकमाथि लागेको थियो ।

दक्षिण सुडानको राजधानीमै भएको उक्त बलात्कार र हत्याकाण्डको सुनुवाई जुबाको एक अदालतमा जारी थियो । सो मुद्दाको फैसला सुनाउँदै अदालतले बिहीबार ती १० जना सैनिकलाई दोषी ठह¥याएको बताइएको छ ।

जुबाको सैनिक अदालतले उक्त फैसला सुनाएको समाचारमा उल्लेख छ । लामो समयको अनुसन्धानपछि विदेशी सहायताकर्मीको बलात्कार र दक्षिण सुडानकै एक जना स्थानीय पत्रकारको हत्यामा उनीहरुको संलग्नता देखिएको फैसला सुनाइएको हो ।

सैनिक अदालतका न्यायाधीश नाइट बारिनो अल्मास्को इजलाशले सो फैसला सुनाउनुभएको छ । उहाँले उक्त बलात्कार र हत्याकाण्डको अनुसन्धान प्रक्रियाको बारेमा पनि सो फैसलामा विस्तृत रुपमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.