भीषण वर्षाका कारण उत्तरी भारतमा नौको मृत्यु

नयाँ दिल्ली, २१ भदौ : भारतको उत्तर प्रदेश राज्यमा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । गत २४ घण्टाभित्र भएको भीषण वर्षाका कारण जनधनको क्षति भएको सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । उत्तर प्रदेशको छ वटा जिल्लामा सो हताहत भएको जनाइएको छ ।

यद्यपी गत शनिबारबाट उत्तर प्रदेशको विभिन्न जिल्लामा शुरु भएको यस प्राकृतिक प्रकोपको कारण ५० भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको प्रकोप व्यवस्थापनका एक अधिकारीले जानकारी दिएका छन् ।

उत्तर प्रदेशको फैजाबादमा तीन, उन्नाओमा दुई र आउरैया, हर्दोइ, मिरुट जिल्लामा एकएक जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागले जानकारी दिएको छ ।

यस प्रकोपको उद्धारकार्यका लागि भारतीय वायुसेनाका अधिकारीसमेत अन्य निकाय सक्रिय रहेका छन् ।

यस वर्ष भारतमा मनसुनी वर्षाबाट उत्तर प्रदेश, बिहार, मध्यप्रदेशसहित दक्षिण भारतीय राज्य केरला सर्वाधिक बढी प्रभावित भएका छन् । केरलामा मात्र यस वर्ष भारी वर्षाका कारण ४५० भन्दाबढी व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.