सबै गैरकानूनीरूपमा कार्यरत विदेशी सैनिकले सिरिया छोड्नुपर्छ : रूसी राष्ट्रपति पूटिन

मस्को, २५ असोज : गैरकानूनीरूपमा सिरियामा रहँदै आएका सबै विदेशी सैनिकले तत्काल सिरिया छोड्नुपर्ने रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले बताउनुभएको छ ।

सिरियामा विदेशी सेनाले गैरकानूनीरूपमा अखडा जमाउँदा यहाँका नागरिकले दोहोरो मार खेप्नुपरेको शनिबार प्रकाशित एक रूसी पत्रिकालाई दिइएको अन्तवार्तामा उहाँको धारणा थियो ।

उहाँले सिरियाली भूमिमा रहेको विदेशी सैनिकलाई सङ्केत गर्दै भन्नुभयो, “कुनै पनि सार्वभौम भूमिमा गैरकानूनीरूपमा तैनाद गरिएका सबै विदेशी सैनिक फिर्ता गर्नुपर्छ । रूस यसमा कटिवद्ध छ ।”

पूटिनले शनिबारका लागि रूसी न्यूज च्यानल आरटी, बेलायतको स्काई न्यूज र साउदी अरबको लगानीमा सञ्चालित अल अरेविया च्यानलसँगको कुराकानीमा भन्नुभयो, “दमास्कसले रूसी सहयोग नचाहेमा रूसले आफ्नो सैनिकलाई सिरियाबाट हटाउन तयार छ ।”

सिरिया अन्य मुलुकको सैनिक उपस्थितिबाट स्वतन्त्र हुन चाहेमा स्वतन्त्र हुन दिनुपर्छ । उहाँले थप्नुभयो, “सिरियाको भौगोलिक अखण्डतालाई पूर्णरूपमा स्थापित गरिनुपर्छ । यसबारे आफूले टर्की, इरान तथा अमेरिकाका सहयोगी मुलुकहरूसँग खुलारूपमा छलफल गरिसकेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.