प्रदुषित पानीका कारण हजारौँ माछा मरे

बेङगालुरू, कर्नाटक, ४ असोज : बेङ्गालुरूको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका स्थानीय नल्लुराहल्लीका अधिकारीले बताएका छन् ।

भारतीय कर्नाटक राज्यको राजधानी बेङ्गालुरूको नल्लुराहल्लीमा रहेको उक्त तालमा पानी प्रदुषण भै विगत चार दिनदेखि माछा मरेका र बिरामी परेका हुन् ।

तालको पानी एक्कासी प्रदुषित हुँदा हजारौँ माछाहरू मरेका छन् भने सयौँ अन्य गम्भीर विरामी बनेका प्रत्यक्षदर्शीले बताएका छन् । यसका कारण ह्वाइटफिल्ड क्षेत्रको मुटुमा रहेको सामुद्रिक पर्यावरणमा समस्या देखिएको र यसको प्रभाव थप भयावह हुनसक्ने स्थानीयहरूलाई उद्धृत गरी बेङ्गालुरू प्रहरीले बताएको छ ।

स्थानीय माझीहरूले मरेका माछाका कारण तालमा रहेका अन्य माछाको स्वास्थ्यलाई पनि प्रभाव पार्नसक्ने भन्दै विगत तीन दिनमा केही टन माछाहरूलाई तालबाट निकालेर व्यवस्थापन गरेका छन् । तालमा माछा मर्ने क्रम गत चारदिनदेखि शनिबारसम्म जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.