जापानमा डुङ्गा दुर्घटना

टोकियो, १ असोज : जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् ।

किमीमारु नाम गरेको २९ टन वजनको उक्त डुङ्गामा माछा मार्ने आठ व्यक्ति सवार थिए । तटीय सुरक्षाकर्मीका अनुसार होक्काइडोको तटीय क्षेत्रबाट करिब ६४० किलोमिटर टाढा प्रशान्त महासागरमा डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

लामो चुच्चो भएको विशेष प्रकारको माछा मार्न उक्त डुङ्गाको प्रयोग गरिएको थियो । यो माछा पछिल्लो समय जापानको तटीय जलक्षेत्रमा पाउन कठिन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.