बोको हराम आक्रमणमा मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुग्यो

कानो, नाइजेरिया, १८ भदौ : नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको सोमबार नाजेरियाली सेनाले जनाएको छ ।

सेनाले यस पहिले आइतबार दिएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको जनाएको थियो ।

“सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकको थप १८ शवलाई जङ्गलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको सङ्ख्या ४८ पुगेको छ,” एक सेनाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा एएफ्पीलाई बताए ।

सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलि यो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो सङ्ख्यामा सैनिक अधिकारी मारिएका हुन् ।

सयौँको सङ्ख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो ।

दुई पक्षबीच बिहीबार शिविरमाथि आक्रमण गरी केही समय शिविरलाई कब्जा गरेको भएपनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ ।

सेनाले दिएको जानकारीमा विद्रोहीतर्फको क्षतिको विवरण भने दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.