स्वास्थ्य संस्थामा विद्युत कटौती नगर्न राष्ट्रपतिको निर्देशन

लुसाका, २८ भदौ : जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले स्वास्थ्य संस्थाहरुका विद्युत कटौती नगर्न शुक्रबार निर्देशन दिनुभएको छ ।

देशको उर्जा मन्त्रालयलाई उहाँले स्वास्थ्य संस्थासँगै पानी वितरणका लागि समेत विद्युत्को अभाव हुन नदिन निर्देशन दिनुभएको हो ।

स्वास्थ्य सेवा र पानी अत्यावश्यक हुने भएकाले त्यस सेवाका लागि विद्युत कटौती नगर्न निर्देशन दिइएको उहाँको भनाई छ ।

विजुली र पानी विना हाम्रा स्वास्थ्यकर्मीले कसरी काम गर्न र सेवा दिन सक्छन् ? उहाँले प्रश्न गर्नुभयो ।
संसदबाट राष्ट्रका नाममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति लुङ्गुले विजुली र पानी दुवै मानवीयताका लागि अत्यावश्यक भएकोमा जोड दिनुभयो ।

उहाँले जाम्बियामा अहिले विद्युत अभाव भएको र विद्युतलाई राम्रोसँग सदुपयोग गर्नु पर्ने बताउनु भयो ।
जलवायु परिवर्तन विश्वको ठूलो समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले धेरै देशहरुलाई यो विकासको बाधक भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “मेरो सरकारले जलवायु परिवर्तनका विरुद्धमा लड्ने र दिगो विकासमा जोड दिने अठोट लिएको छ ।”
उहाँले दिगो विकासको लक्ष्य प्राप्तीका लागि हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.