भारतमा नयाँ संसद भवन बन्ने

नयाँ दिल्ली, २७ भदौ : भारतको केन्द्रीय राजधानी दिल्लीमा नयाँ संसद भवन बन्ने भएको छ । आगामी पाँच बर्ष भित्रमा नयाँ भवन बनाउने योजना सरकारले बनाएको छ ।

आवास तथा शहरी विकास मामिला मन्त्री हरदीप सिंह पुरीले प्रधानमन्त्री नरेन्द्र मोदीको सपना परियोजना अन्तर्गत नयाँ संसद भवन बनाउन लागिएको शुक्रबार बताउनुभयो ।

हामीले अहिलेको भवनलाई पुरै पुनर्निमाण गर्न लागेका छौँ, सन् २०२४ सम्ममा यो काम सम्पन्न गर्ने योजना बनाएका छौँ, उहाँले भन्नुभयो ।

मन्त्री पुरीले अर्को निर्वाचनबाट छनौट हुने सांसदहरू नयाँ संसद भवनमा आउन पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

दिल्लीमा आयोजित एक सम्मेलनमा बोल्दै उहाँले सरोकारवालाहरुलाई नयाँ भवनका लागि प्रस्ताव पेश गर्न लगाई सकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.