भारतका राष्ट्रपति युरोप भ्रमणमा

नयाँ दिल्ली, १७ भदौ : भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

आठ दिने भ्रमणको क्रममा उहाँले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको भ्रमण गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति कोविन्दका साथ कृषिराज्य पुरुषोत्तम खोडाभाइ रुपाला र दुई जना सांसद राम शकल र अनिल बलुनीसहित केही उच्च सरकारी अधिकारी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.