अल–बसीरलाई धरौटीमा रिहाइका लागि भएको अनुरोध अमान्य

खार्तूम, सुडान, १४ भदौ : सुडानको एक अदालतले यहाँका पूर्व राष्ट्रपतिद्वारा धरौटीमा रिहा गर्न गरेको आग्रहलाई शनिबार अस्वीकार गरेको छ ।

सूडानी नागरिकले पूर्व राष्ट्रपति ओमार अल–बसीरलाई सूडानमा भ्रष्टाचार, महङ्गी बढेको र यसलाई नियन्त्रण गर्न उहाँ असफल भएको भन्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण राज्यले सरकारी सेवालाई प्रदान गर्न नै सम्भव नभएपछि बसीरलाई सेनाको सहयोगमा गत अप्रिलमा पदच्युत गरिएको थियो ।

पछि अनुसन्धानका क्रममा उहाँको घरमा गैर–कानूनीरूपमा जम्मा गरिएको र ठूलो परिणाममा विदेशी मुद्रा लुकाएको अवस्थामा जफत गरिएको थियो ।

पूर्वराष्ट्रपतिमाथि लागेका दर्जनौ आरोपहरूमा अनुसन्धान चलिरहेकाले जेलमुक्त हुँदा अनुसन्धान प्रभावित हुनसक्ने जिकिरका साथ उहाँलाई थुनामा राखेर अदालतले अनुसन्धान चलाइरहेको छ ।

बसीरका वकीलले उहाँलाई धरौटीमा रिहा गरी छानविन गर्न केही समय पहिले अदालतमा अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.