हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

फैजाबाद, अफगानिस्तान, १० भदौ : अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ ।

अफगान सेनाले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएका छन् । जारी विज्ञप्तिकाअनुसार सोमबार अबेर राति करान वा मुन्जान जिल्लाको सधै अशान्त भई रहने एज्काजार क्षेत्रमा तालिबान लडाकूलाई लक्षित सो कारबाही भएको थियो ।

यस कारबाहीमा परी नौ तालिबान लडाकूको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका थिए । यस कारबाहीको क्रममा लडाकू समूहले भण्डारण गरी राखेका गोलाबारुद्धलगायत अन्य हातहतियारहरु ध्वस्त भएका थिए ।

करान वा मुुन्जान जिल्लाको प्रमुख भागहरु नियन्त्रण गरिबसेका तालिबान लडाकू समूहले भने यस कारबाहीको बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.